गण्डकी स्पाइकर रवि सर्वोत्कृष्ट र पुलिसका अभिषेक उत्कृष्ट सेटर
पाेखरा | असोज २, २०८०
पोखरा: गण्डकी प्रदेशलाई लामाचौर भलिबल कपको उपाधि दिलाउन प्रतियोगिता भर सानदार प्रदर्शन गरेका गण्डकीका ओपन स्पाइकर रवि केसी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा खेलामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकी गण्डकी प्रदेशले उपाधि जितेको थियो ।
घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, ब्लकरमा गण्डकीकै कप्तान हरि पाण्डे तथा गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए ।
पुलिसका कुल बहादुर थापा सर्भर, अभिषेक थापा सेटर र भीम गाहा उत्कृष्ट लिवेरो चुनिए । व्यत्तिगत विधाका सबै उत्कृष्टले ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

